हुम्लाको बन गुँरास फुलेर राताम्य र सेताम्य
श्रीनगर । हुम्ला एक हिमली जिल्ला हो । हुम्लाका आधिकांश हिमाली र पहाडी थुम्काहरु यतिबेला लाली गुँरास फुलेर राताम्य भएका छन् ।
वसन्त यामसँगै फेरिने पालुवाहरुले मात्र हैन राष्ट्रकै गरीमा समेत रहेको थरीथरीका लालीगुराँसका फुलहरुले पहराहरुलाई समेत सिन्दुरे बनाइदिएको छ । अक्करे कालो पत्थरिलो र हरिया भिरहरुमा समेत बान्की दिँदै फुलेको लालीगुराँसले मानौ निर्जन भित्ताहरुमा प्राण भरिदिएको छ ।
१३ देखि १७ थरि









