पूर्वसभासद छिमीदोर्ची लामासहित माओवादी हुम्लाका नेता कार्यकर्ता एमालेमा प्रवेश
पुष २२ बिहिबार हुम्ला । नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमीदोर्ची लामाको नेतृत्वमा हुम्लाका स्थानीय नेता कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । प्रवेश कार्यक्रममा लामा सहित प्रदेश कमिटि सदस्य महेन्द्रबहादुर शाही (अविराम), गणेश रावल (सजक) लगायत युवा नेता तिर्थराज बोहरा, अधिवक









